काठमाडौं १५ असार । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवनमा पारेको अस्तव्यस्त प्रति सरकारको ध्यानाकषर्ण गराएका छन् ।
नेता कोइरालाले समाजिक सञ्जालमार्फत अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका हुन् । साथै उद्धार कार्यमा जुट्न कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अबिरल बर्षाका कारण मोरङ,झापा,रौतहट,रुपन्देही,कैलाली,कञ्चनपुर लगायत जिल्लाहरुमा जनधनको क्षति भएको छ,जनजीवन अस्तव्यस्त छ।ति स्थानहरुमा तत्काल उद्धार र राहतका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग आग्रह गर्दछु।’