काठमाडौं- लकडाउनका कारण मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको आम्दानी ७५ प्रतिशतले घटेको छ । कोरोना कारण लकडाउन भएपछि मन्दिरको आम्दानी ७५ प्रतिशतले घटेको हो ।
मन्दिरमा र्शनका लागि पुगेका स्वदेशी तथा विदेशी भक्तजनले भेटी चढाउनेदेखि मुक्तिनाथ विकास समितिले राखेको दानपेटीका बाकसमा र चन्दा संकलन काउन्टरमा आफ्नो गच्छ्य अनुसार चन्दा भेटीदान चढाउने गर्छन् ।
मन्दिरमा उठेको चन्दा भेटी बर्सेनी असार महिनामा एडिट हुने गर्छ । मुक्तिनाथामा भक्तजनबाट रसिद काटेको भेटी हप्तैपिच्छे त्यहा खटिएका कर्मचारी बैंकमा दाखिला गर्ने प्रचलन छ ।
बर्सेनी लाखौँ भक्तजनले भेटीदान गर्ने भए पनि मुक्तिनाथ विकास समितिको कोष ४ वर्षको अनुपातमा उस्तै पाइएको छ । मुक्तिनाथ मन्दिर भित्र चढाइने पैसा, गरगहना मुख्य हकदार त्यहाँ कार्यरत आनीझुमाकै अधिनमा हुने हुदा अपेक्षा गरिए अनुसार आम्दानी हुन नसकेको बताइन्छ ।