कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ — OSNepal

कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ

LC (KTM) June 17, 2021 0

कैलाली ३ असार । कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा टिकापुर नगरपालिका–२ राजुपुर बस्ने ४४ वर्षीय धर्म टमट्टा रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले आफ्नै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

सिकार खेल्न गएको बेला भरुवा बन्दुक पड्किन गई नविन जंग भन्ने व्यक्तिको मृत्यु भएको घटनामा संम्लग्न भएको आरोप लागेको छ । २०६६ जेठ १४ गते राति धर्म र टिकापुर नगरपालिका–१ बस्ने नबिन जंग शाह समेत ४ जना टिकापुर नगरपालिका–२ खोटेना भुराखानी सामुदायिक वनमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुक पड्किन गई गोली लागेर नबिन जंगको मृत्यु भएको थियो ।

पक्राउ परेका उनीमाथि अहिले थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर