तामाङ सोसाइटी अफ एन एस डब्लु द्वारा २३ जुलाई मा बार्बीक्यु तथा भेट्घाट कार्यक्रम गर्दै — OSNepal

तामाङ सोसाइटी अफ एन एस डब्लु द्वारा २३ जुलाई मा बार्बीक्यु तथा भेट्घाट कार्यक्रम गर्दै

LC (KTM) June 28, 2022 0

तामाङ सोसाइटी अफ एन एस डब्लु द्वारा आगामी जुलाई २३ मा बार्बीक्यु तथा भेट्घाट कार्यक्रम आयोजना गर्ने तय भएको छ । आगामी जुलाई २३ शनिबारको दिन अस्फिल्ड पार्कमा आयोजित यो कार्यक्रम बिशेष गरेर नेपाली विद्यार्थीहरुको लागि र सिड्नी वरिपरी बसोबास गर्ने तामाङ समुदायहरुलाई लक्षित गरिएको यस् कार्यक्रमका सम्योजक योन्जी तामाङले हामीलाई बताउनु भयो।

कोभिड १९ ले थलिएको समयमा सबै सँग भेटघाट गर्न ,एकअर्का बिच परिचय गर्न , नया साथी बनाउन यो कार्यक्रम कोसे ढुङगो बन्न सक्ने समेत तामाङ्ले प्रष्ट्याउनु भयो। बिभिन्न नेपाली परिकारहरुको साथमा मनोरन्जनात्मक कृयाकलापहरु समेत रहेको भेट्घाट यस् कार्यक्रममा प्रबेश निशुल्क रहेको छ। कोभिड १९ अगाडि वार्षिक रुपमा आयोजित हुने यस् प्रकारको कार्यक्रमले सुचारु हुने मौका पाएकोमा सम्पूर्ण तामाङ समाज सिड्नी परिवार हर्षित भएका छन।

सबैलाई उपस्थिती जनाएर तामाङ सोसाइटी अफ एन एस डब्लु सँग जोडीन यस् सस्थाका सम्पूर्ण सद्स्यहरुले हार्दिक अनुरोध गर्दै अरु थप जानकारीको लागि योन्जी तामाङ लाई ०४१३ ७०६ ९६५ , रस्मी तामाङ लाई ०४५० ३५१ ९९५ र सोनाम तामाङलाई ०४१५ ०७७ ५०० मा सम्पर्क गर्नु हुन समेत सुचित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर