महिला क्रिकेटरहरुको बरियता सार्वजनिक भएको छ । नेपालका रुबिना क्षेत्री, सिता राना मगर र कविता कुवँर, विश्व टी ट्वान्टी महिला क्रिकेटरको बलिङतर्फको वरियतामा यथास्थानमा रहेका छन् ।मंगलबार सार्वजनीक वरियता अनुसार तीन जना महिला क्रिकेटरको बलिङतर्फको वरियता यथावत रहेको हो । कविता ७३ औं स्थानमा कायम रहदाँ सिता ८० औं स्थान छिन् ।
कप्तान रुबिना क्षेत्री ८१ औं स्थानमा यथावत छिन् ।बलिङतर्फको शीर्ष वरियतामा इंग्ल्याण्डकी सोफी इक्लिलोस्टन रहेकी छिन् ।यस्तै, ब्याटिङतर्फ सिता रानामगर र कप्तान रुबिना क्षेत्रीको वरियता ६३ औं र ८५ औं स्थानमा छ । विकेटकिपर ज्योती पाण्डे भने १ स्थान तल झर्दै ९५ औं स्थानमा रहेकी छिन् ।
गत साता मात्र नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिप खेलेको थियो । प्रतियोगीतामा नेपाल सेमीफाईनलसम्म पुगेको थियो । नेपालले गत जेठमा घरेलु भुमिमा युगान्डाविरुद्ध ५ खेलको टी ट्वान्टी सिरिज खेलेको थियो । सो सिरिज नेपालले ३–२ ले गुमाएको थियो ।