काठमाडौं १४ असार । नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले वर्तमान सत्ता गठबन्धन एक मात्र उद्देश्य सत्ता स्वार्थ भएको आरोप लगाएका छन् । मंगलबार भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले यस्तो आरोप लगाएका हुन् ।
गठबन्धन सरकारका कारण मुलुक एकपछि अर्को संकटमा फसेको जिकिर गरेका उनले भने , ‘सत्ता गठबन्धनको एक मात्र उद्देश्य सत्ता स्वार्थ हो,यो सरकार बनेदेखि देशमा एकपछि अर्को संकट आइलागेको छ ।’
मुलुकको अर्थतन्त्र कुनै पनि बेला ‘कोल्याप्स’ हुन चेतावनी दिएका उनले अर्थशास्त्री र उद्योगी व्यवसायीदेखि आम जनता अर्थतन्त्र डुब्न लागेकामा चिन्तित भए पनि सरकारलाई कुनै वास्ता नभएको बताएका छन् ।