मेलम्चीमा पानीको बहाव बढेपछि बाढी आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा पठाइँदै — OSNepal

मेलम्चीमा पानीको बहाव बढेपछि बाढी आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा पठाइँदै

LC (KTM) June 17, 2021 0

काठमाडौं । मेलम्चीमा फेरी पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि बाढी आउन सक्ने भन्दै प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि पानी पर्ने अनुमान गरेकाले मेलम्ची बजारको तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए ।

मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ नाकुत्ते भन्दा ५०० मिटर माथि पहिरो जाँदा मेलम्ची नदीमा बाँध बनेको र पछि उक्त बाँध फुट्दा ठूलो बाढी आएको थियो । बाढीले हेलम्बु र मेलम्ची नगरपालिकामा भएको डुवानले जनधनको क्षति गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर