भुवन केसी, सन्तोष पन्तसहित ६१ फिल्मकर्मीलाई सञ्चार मन्त्री कार्कीले विशिष्ट श्रेणीको सरकारी परिचयपत्र दिने — OSNepal

भुवन केसी, सन्तोष पन्तसहित ६१ फिल्मकर्मीलाई सञ्चार मन्त्री कार्कीले विशिष्ट श्रेणीको सरकारी परिचयपत्र दिने

LC (KTM) June 28, 2022 0

काठमाडौं :

६१ जना फिल्मकर्मीलाई सरकारले सरकारी परिचयपत्र प्रदान गर्ने भएको छ । सन्तोष पन्त भुवन केसी, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, दयाराम दाहालसहितका ६१ फिल्मकर्मीलाई
परिचयपत्र दिइने भएको हो ।

बिहीबार आयोजना हुने चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा विशिष्ट श्रेणीको परिचयपत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिने भएका छन् ।
आर्थिक वर्ष २०७३÷७४ सालमै कार्यविधिअनुसार फारम भरेका कलाकारलाई परिचयपत्र प्रदान गर्न लागिएको बोर्डले जनाएको छ ।

यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । यसपटक अध्यक्षबिनै बोर्डले वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर