काठमाडौं १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० को लागि पठाइएको पत्र आफू प्रधानमन्त्री हुनुभन्दा अघि नै पत्र पठाइसकेको हुन सक्ने दावी गरेका छन् ।
मंगलबार मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एसपीपी० मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् ।
आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गरेका ओलीले भने, ‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ । हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ । ओरिजिनल पत्र देखाऊ ।’
आफू प्रधानमन्त्री नहुँदै सेनाले अमेरिकी दूतावासमा पत्र पठाएको दावी समेत गरेका ओलीले अमेरिकी एम्बेसीले पनि सत्य बोलोस् नभए चलानी नम्बर किन हातले लेखेको भन्दै प्रश्न गरेका छन् ।