एमाले- माओवादी ब्युँताउने सर्वोच्च अदालतको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भयो : नेकपा एकता राष्ट्रिय अभियान पार्टी वामदेव (पूर्णपाठ) — OSNepal

एमाले- माओवादी ब्युँताउने सर्वोच्च अदालतको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भयो : नेकपा एकता राष्ट्रिय अभियान पार्टी वामदेव (पूर्णपाठ)

LC (KTM) June 28, 2022 0

काठमाडौं १४ असार । नेता वामदेव गौतमको संयोजकत्वमा गठित नेकपा एकता राष्ट्रिय अभियान पार्टीले एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसला गलत भएको बताएको छ ।

आजै घोषणा गरिएको पार्टीले एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतको निर्णयले पुनस्स्थापित नेकपा एमाले पुनः विभाजन उन्मुख भयो र केही महिनापछि साँच्चिकै विभाजित भएरै छाडेको जनाएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ ।’ यी तथ्यहरूको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सर्वोच्चको त्यही फैसलाका कारण नै नेकपाको एकता अभियानमा समस्या पैदा भएको र असफल भएको भन्दै विज्ञप्तीमा थप भनिएको छ ,’नेपाली जनताको आशा र भरोसाका रूपमा केही वर्ष पहिले मात्र उदय भएको राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन उन्मुख भएर दुई अध्यक्षको नेतृत्वमा दुई समूह बनि एक अर्काका विरुद्ध आन्दोलन गरिरहेका बेला त्यो अनौठो क्रियाकलापलाई रोक्न र पार्टी एकताको पक्षमा जनमत सृजना गर्ने उद्देश्य राखेर २०७७ साल माघ १४ नेकपा एकता राष्ट्रिय अभियानका नाममा दबाब समूह बनाइएको छ । ‘

‘एउटै पार्टी दुई समूहमा विभाजित भई एक अर्काका विरुद्ध शत्रुतापूर्ण आन्दोलनको अवस्था समाप्त हुनेछ भन्ने अनुमान गरेर हामीले त्यो निर्णयलाई समर्थन गरेका थियौं । तर, व्यवहारमा अनुमान सत्य हुन सकेन । सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर