काठमाडौंं १४ असार । बामदेव गौतम नेतृत्वमा घोषणा भएको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ ।
पार्टीको संयोजक आफु रहने गरी मंगलबार नयाँ दलको घोषणा गरेका गौतमको पार्टीमा सात जना उपाध्यक्ष र एकजना महासचिव हुने भएका छन् ।
पार्टी बहुपदीय पद्धतिमा जाने बताएका गौतमले पार्टीमा एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने बताएका छन् । दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी रहने छन् ।
पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुने भएका छन् ।