काठमाडौं १४ असार । सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली असंलग्न आन्दोलन संसदीय सञ्जाल (Non Aligned Movement Parliamentary Network )को सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजान प्रस्थान गरेको छ ।
असार १६ देखि १८ सम्म अजरबैजानको संसदको आयोजनामा हुने बाकुमा सम्मेलन सहभागी हुन सापकोटासहित संसदीय प्रतिनिधिमण्डल मंगलबार विहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।
उक्त कार्यक्रममा सभामुखले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने संघीय संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा सम्बोधन दगर्ने भएका छन् ।
सापकोटासहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले विदाइ गरेका हुन् ।