काठमाडौं १४ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ दल खोल्ने भएका छन् ।
मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ दल घोषणा गर्ने भएका हुन् । पार्टीको नाम भने नेकपा (एकता राष्ट्रिय अभियान) रहने भएको छ । जसको अध्यक्ष गौतम , सचिवमा डिबी कार्की रहने निश्चित नै भएको छ ।
नेकपा विभाजन भएपछि एकता अभियानमा लागेका गौतमले अन्नत नयाँ दल खोल्ने भएका हुन् । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिको नाम पनि आजको कार्यक्रमबाटै घोषणा गरिने भएको छ ।