काठमाडौं १४ असार । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । हिजो सोमबार नियमित बस्नुपर्ने मन्त्रिपरिषद्को बैठक नबसेपछि बैठक आज बस्न लागेको हो ।
सोमबार एकीकृत समाजवादीको तर्फबाट नयाँ मन्त्री बनेकालाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद सदस्य हेरफेर गरेका छन् । हिजो पद तथा गोपनियताको सपथ ग्रहण नवनियुक्त मन्त्रीहरुले कार्यभार पनि सम्हालिसकेका छन् ।
नेकपा एसको तर्फबाट नयाँ मन्त्री पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।