काठमाडौं १४ असार । जनता समाजवादी पार्टी (जसपा) फेरि फुट्ने निश्चित जस्तै भएको छ ।
सोमबार राति बसेको पार्टीको कार्यकारिणी समिति बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईमाथि कारबाहीको निर्णय गरेसँगै जसपा फेरि एक पटक फुटको संघारमा पुगेको हो ।
बैठकले संघीय परिषद अध्यक्ष भट्टराईकारबाहीको अधिकार अध्यक्ष यादवलाई दिएको छ । भट्टराई र अशोक राई अधिकार विहिन भएका छन् । केन्द्रीय कार्यकारिणी समितिका सदस्य मृगेन्द्रकुमार सिंहले दिएको जानकारी अनुसार अब चारैजना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी भएको छ ।
जुन अधिकार बैठकले अध्यक्ष यादवलाई मात्र दिएको छ । यस अघि पार्टीको निणर्य गर्न यादव सहित भट्टराई र राईको पनि सहमति चाहिन्थ्यो तर हिजो मध्यराति बसेको बैठकले भट्टराई र राईलाई अधिकार बिहिन बनाएको छ ।