काठमाडौं १४ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ दल खोल्ने भएका छन् । गौतमले आज मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नयाँ दलको घोषणा गर्ने भएका छन् ।
नेकपा विभाजन भएपछि एकता अभियानमा लागेका गौतमले अन्नत नयाँ दल खोल्ने भएका हुन् । गौतमको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ९एकता राष्ट्रिय अभियान० रहने भएको छ ।
तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिको नाम पनि आजको कार्यक्रमबाटै घोषणा गरिने भएको छ ।
७७ वटै जिल्लाका अध्यक्षलाई केन्द्रीय समितिमा पदेन सदस्यका रुपमा सहभागी गराइने तथा निर्वाचन आयोगमा यस अगाडी दर्ता भइसकेका तीन वटा पार्टीहरु समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपवा राष्ट्रवादी पार्टी पनि यस नयाँ पार्टीमा एकता हुने भएका छन् ।
साथै, आज केन्द्रीय समिति, सल्लाहकार समिति, सचिवालय र अन्य वामपन्थी पार्टीहरुसग वार्ता र सम्वादका लागि वार्ता समिति घोषणा गरिने भएको छ ।
बामदेवको पार्टीमा श्रीमती, छोरा र स्वकिय सचिव सम्म सवै रहनेछन् ।
को-को हुन्छन् केन्द्रीय समितिमा ? (सूचीसहित)