बिदाईमा बर्बरी रोएको विषयमा चौतर्फी आलोचना भएपछि झाँक्रीले भनिन् - आफूलाई सम्हाल्न सकिनँ, सबैसँग क्षमा चाहन्छु — OSNepal

बिदाईमा बर्बरी रोएको विषयमा चौतर्फी आलोचना भएपछि झाँक्रीले भनिन् – आफूलाई सम्हाल्न सकिनँ, सबैसँग क्षमा चाहन्छु

LC (KTM) June 28, 2022 0

काठमाडौं १४ असार । निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफुमाथि भएको आलोचनाको खण्डन गरेकी छन् ।

पार्टीले फिर्ता बोलाएपछि बिदाई कार्यक्रममा धरधरी रोएकी झाँक्रीलाई लिएर विभिन टिका टिप्पणी गरेपछि उनले सामाजिक सञ्जाल मार्फत आफूलाई सम्हाल्न नसेको भन्दै क्षमा मागेकी छन् ।

‘मैले त्यस बेला आफूलाई सम्हाल्न सकिनँ, सबैसँग क्षमा चाहन्छु ।’ उनले भनेकी छन् ।

मान्छेका केही लुकाउने नसक्ने कमजोरी हुने रहेछन् भनेकी उनले ट्विटरमा लेखेकी छन्, ‘जब मेरो मन्त्रालयका निमित्त सचिवले बिदाइ कार्यक्रममा मैले गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै हुनुहुन्थ्यो, आफ्नोबारे आफ्नै अगाडि यसरी क्रेडिट दिँदा भावविव्हल बनेँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर