काठमाडौं १४ असार । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकबाट मन्त्री हेरफेर गर्ने बुझिएको छ । आफ्ना मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने भएको छ ।
छनौट गर्ने जिम्मेवारी भने अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । सोमबार राति बसेको बसेको जसपा कार्यकारिणी समितिको बैठकले तथा छनौट गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई नयाँ नाम सिफारिस गर्ने अधिकार मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले जानकारी दिएका छन् ।
जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री भएका छन् । बैठकले अब उनीहरुलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने तथा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई लगायतलाई कारबाही गर्ने अधिकार पनि अध्यक्ष यादवलाई दिइएको बताइएको छ ।