२० करोड भन्दा बढीको व्यापार गरेको चलचित्र 'कबड्डी ४' का निर्देशक रामबाबुले गरे कबड्डी नामको फिल्म निर्माण अत्य गरेको घोषणा — OSNepal

२० करोड भन्दा बढीको व्यापार गरेको चलचित्र ‘कबड्डी ४’ का निर्देशक रामबाबुले गरे कबड्डी नामको फिल्म निर्माण अत्य गरेको घोषणा

LC (KTM) June 28, 2022 0

काठमाडौं :

नेपाली चलचित्र कबड्डी ४ ले नेपालबाट २० करोड भन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । फिल्मले यती राम्रो व्यापार गर्दा पनि आफुहरुले कबड्डी नामको फिल्म निर्माण अत्य गरेको यसका निर्माता निर्देशक रामबाबु गुरुङले बताएका छन् ।

रामबाबुले नयाँ चलचित्र ‘मास्टर बमकाजी’ निर्माण गर्ने भएका छन् । चलचित्र मास्टर बमकाजीको लागि रामबाबुले अभिनेता बिपिन कार्कीलाई अनुबन्धित गरेका छन् । बिपिनले अब भारतीय फिल्म एनिमलमा काम गर्नेछन् । भारतीय फिल्मको छायाँकन सकेर नेपाल फर्केपछि उनले मास्टर बमकाजीको छायाँकन गर्ने भएका छन् । यतीबेला भने अभिनेता बिपिन नयाँ फिल्म के घर के डेराको छायाँकनमा व्यस्त छन् ।

यो फिल्मको मुख्य पात्रमा बिपिन कार्की र सौगात मल्ल हुने बताईएको छ । अब यो फिल्मा दयाहाङ राई हने छैनन् । यो फिल्मको कथा कबड्डी ४ को समापनपछिको घटनामा केन्द्रित हुनेछ ।राजधानि दैनिकमा खबर छ । कबड्डी ४ मा मास्टर बनेका सौगात मल्ल ९बमकाजी०को प्रेम कथामा केन्द्रित हुने भएकाले यसको नाम उनले मास्टर बमकाजी राखेको बताएका छन् । अहिले आफुले बिपिनलाई अन्य चलचित्रको लागि लिएको रामबाबुले बताएका छन् । तर रामबाबुले मास्टर बमकाजीमा बिपिनलाई नै उतार्ने बताईएको छ ।

किनकी कबड्डीका ४ वटा सृँखलालाई नियमित हिट बनाएका दयाहाङ राई भने मास्टर बमकाजीबाट हटेका छन् । फिल्मको कथालाई केही फरक बनाउन रामबाबुले दयाहाङलाई हटाएर बिपिनलाई अनुबन्धित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर