हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) June 28, 2022 0

काठमाडौं  :

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३रुपैयाँ रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ५६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २० पैसा र बिक्री दर ३४ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर