सशस्त्र द्धन्दको बेला भएको घटनाको परिबेशलाई सलक्कै पर्दामा उतारेको फिल्म हो दोख । यस फिल्ममा दुई गाउँबीचको झगडालाई देखाईएको छ । यस फिल्मको निर्देशन अनुप बरालले गरेका छन् । सोमबार काठमाण्डौमा दोखको ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म असार २४ गते रिलिज हुदैछ । युद्धको त्रासदीमा आफूले मानवीय पक्षलाई फिल्ममार्फत प्रस्तुत गर्न खोजेको निर्देशक बरालले बताए ।
‘द्वन्द्वकालमा मैले देखेका विम्ब अझै पनि यादमा छन् । युद्धले छाडेका डोबबाट मान्छे अझै मुक्त हुन सकेका छैनन्,’ निर्देशक बरालले भने, ‘युद्धबीचको मानवीयतालाई मैले चित्रण गरेको छु ।’फिल्ममा मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ लगायत कलकारहरुको मुख्य भूमिका रहेको छ । राजन कठेतको पटकथा रहेको यस फिल्मलाई शैलेन्द्र कार्कीले छायाँकन गरेका हुन् ।