काठमाडौं १३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफुले खारेज गरेको दावी गरेका छन् ।
ओलीको कार्यकालमा एसपीपी नेपालमा आएको भन्दै उनले भने ,’एसपीपी खारेज गराउने निर्णायक भूमिका हामीले नै खेलेको हो ।,यो सत्यलाई कसैले इन्कार गर्न हुँदैन ।’
सोमबार ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक’ अन्तर्क्रियामा प्रचण्डले एसपिपी ओली सरकारले ल्याएको जिकिर गर्दै यसको जिम्मा पनि ओलीले नै लिनुपर्ने बताएका हुन् ।
एमसीसीमा १२ बुँदे घोषणा र एसपीपी रोक्न आफूले महत्वपूर्ण भूमिका खेलेको दावी समेत गरेका छन् ।