काठमाडौं १३ असार । नेपाली कांग्रेसका नेता रामचन्द पौडेलले नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै कसैलाई रुवाएर समाजवाद नआउने बताएका छन् ।
सोमबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै नेता पौडेलले यस्तो टिप्प्णी गरेका हुन् ।
पार्टीहरूले सरकारमा मन्त्री पठाएर चार दिन काम गर्न नपाई सबैलाई पालो पु¥याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको भन्दै नेकपा एसलाई रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद नआउने भनि व्यंग्य गरेका हुन् ।
मन्त्री बन्न सबैको पालो पु¥याउनु पर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणी गरेका उनले समाजवादको नारा बोक्ने तर काम भने प्रतिक्रियावादी र सामन्तवादी गरेको भन्दै टिप्पणी गरेका छन् ।
उनले राजनीतिक दलका नेता तथा कार्यकर्ता बदलिनु पर्ने आवश्यकता रहेको बताएका छन् ।