करको दर हेरफेर गर्नु मेरो क्षेत्राधिकारको विषय हो , कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्छ भन्दैमा म राजीनामा दिन्न :शर्मा — OSNepal

करको दर हेरफेर गर्नु मेरो क्षेत्राधिकारको विषय हो , कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्छ भन्दैमा म राजीनामा दिन्न :शर्मा

LC (KTM) June 27, 2022 0

काठमाडौं १३ असार । अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्नु आफ्नो क्षेत्राधिकारको विषय भएको भन्दै आफूले देशको हितमा हुने गरी करको दरमा तलमाथि गरेको जिकिर गरेका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेटमा आफूले लिएको सबै निर्णयको जबाफदेहिता लिन आफु तयार समेत भएको बताएका छन् ।

आफुले देशको अहित हुने गरी करको दरमा परिवर्तन नगरेको जिकिर गरेका उनले करको दर घटाउने बढाउने काम अर्थमन्त्रालयले गर्ने बताएका छन् ।

‘अर्थमन्त्रीले करको दर घटायो, बढायो भनिएको छ । यो त अर्थमन्त्रालयले गर्ने काम नै हो । गर्नै पर्ने कुरा हो । यो घटबढ गर्दा देशलाई के भयो ? उपभोग्य सामग्रीहरूमा बढाइयो कि घटाइयो भन्ने चाहिँ छलफलको विषय हुन सक्छ । उनले जवाफ दिने क्रममा भने ।

आफूले ल्याएको बजेटले तल्लो वर्गलाई समेटेको र व्यवसायिक क्षेत्रलाई प्रोत्साहित गरेको दाबी गरेका शर्माले प्रतिष्ठित व्यवसायी, अर्थविद् तथा प्रबुद्ध व्यक्तिहरूसँग परामर्श गरेर बजेट बनाएको बताएका छन् ।

अर्थमन्त्रीले बजेट नल्याएर, करको दर घटबढ नगरेर अरू के गर्ने ? भन्दै प्रश्न गरेका शर्माले बजेट देश,जनता को पक्षमा ल्याएकोले कसैलाई अनैतिक लागेर राजीनामाको उठ्दैमा आफुले राजीनामा दिनुपर्ने आवश्यक नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर