सरकारले अब शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी थालेको छ । नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको हो । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी गराएका हुन् । पचियपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ ।
सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् । ‘छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको उनले जानकारी दिए । उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने । सोहि क्रममा उनले नेपाल मानवअधिकारका ससवालमा सधै सचेत रहेको बताए । यद्यपि यस्ता शरणार्थीहरुको संख्या भने यकिन भइनसकेको बताए ।