पेटमा अड्काएको चम्चा नर्भिकका डाक्टरले शल्यक्रिया नै नगरी निकाले, नेपालमै भएको पहिलो दावी ! — OSNepal

पेटमा अड्काएको चम्चा नर्भिकका डाक्टरले शल्यक्रिया नै नगरी निकाले, नेपालमै भएको पहिलो दावी !

LC (KTM) June 27, 2022 0

काठमाडौं ।

तपाईको बच्चाले भाँडा कुँडा खेलीरहँदा एक्कासी अड्काए के गर्नुहुन्छ रु आत्तिदै के गर्ने कसो गर्ने भन्ने समस्या पक्कै हुन्छ । त्यस्तो अवस्थामा तत्कालै काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल पुर्याउन सकेको खण्डमा पछि हुने जोखिम कम हुने नर्भिकले पछिल्ला समय गरेका चामत्कारिक उपचारहरुबाट देख्न सकिन्छ ।

हालै एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई नर्भिक अस्पतालले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेर कमाल गरेको छ । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा। सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो।

ति किशोरीले चम्चा नै निलेर आमाशयमा अड्काएपछि चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट लगाएर उक्त चम्चा निकाल्ने सफलता प्राप्त भएको हो।निकै सुरक्षित तरिकाले इण्डेस्कोपी गरी बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिनाशल्यक्रिया निकालिएको हो ।

डा कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ।

डा कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर