काठमाडौं १३ असार । नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पद तथा गोपनीयताको शपथ लिनेमा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन् ।
शपथसँगै मन्त्रीहरुले आजैबाट कार्यभार सम्हाल्ने भएका छन् । राज्यमन्त्री हिरा केसी लार्ई भने प्रधानमन्त्री शेशरबहादुर देउवाले सिंहदरवारमा सथप गराएका छन् ।