प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो — OSNepal

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

LC (KTM) June 27, 2022 0

काठमाडौं, १३ असार-साताको दोस्रो कारोबारको दिन सोमबारको प्रि ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ कम्पनी कारोबारमा आएका छन् ।

जसमध्ये २२ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत रहेको छ ।

यस अवधिमा नेप्से १०.३२ अंकले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलव ३० बिन्दुमा पुगेको छ । यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर