काठमाडौं, १३ असार:
नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५।०६ रुपैयाँँ र बिक्री दर १२१५।६६ रुपैयाँ तोकेको छ ।
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।
यस्तैगरी युरो १ को खरिद दर १३२।०१ रुपैयाँ र बिक्री दर १३२।६५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६।९० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७।३२ रुपैयाँ रहेको छ ।
जापानी येन १० को खरिद दर ९।२५ पैसा रहेको छ भने बिक्री दर ९।३० रुपैयाँ छ । यस्तै, चइनिज युआन १ को १८।६९ रुपैयाँ बिक्री दर १८।७८ पैसा छ ।