काठमाडौं १३ असार । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्री पदबाट बिदा भएका छन् ।
बिदाई कार्यक्रमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको भन्दै पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
आफु मन्त्री पदको लागि बालुवाटार र खुमलटार धाएको कुरा सत्य नभएको भन्दै उनले पनि आफु मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर
आएको बताए ।
‘नचाहिने हल्लाहरू फिँजाइएका छन् । कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरू भनेर पनि आक्षेप आएको छ । हामी मन्त्रीहरूको भनाइ के होभन्दा लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेस गसिकेपछि बजेटको माननीयहरूले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्ने मात्रै हाम्रो कुरा हो । यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे, मन्त्री छोड्नै लागेको छैन रे, प्रधानमन्त्रीलाई प्रेसर रे, यो केही होइन,
श्रेष्ठले भने ।
८ महिना २१ दिन पदमा बसेर आफूले गरेका कामहरू सगौरव भन्न पाइयो यही ठूलो कुरा भएकोअ बताए ।