नाइँ नभन्नु ल फिल्मले नेपाली फिल्मी इतिहासमा लामो सिक्वेल तय गर्ने देखिएको छ । यस फिल्मको अब चाँडै छायाँकन सुरु हुनेछ । बाल मनोबिज्ञानमा आधारित भएर निर्माण हुदै आईरहेको यस फिल्मले थुप्रै बालकलाकार लाई पनि जन्माई सकेको छ । अब बन्ने छैठौ सिक्वेलका लागि पनि २ जना बाल कलाकारको टुंगो लागिसकेको छ ।
यस फिल्मका निर्देशक बिकास आचार्यका अनुसार अबको मुख्य बालकलाकारको स्थानमा एभेलिना खड्का र अथर्व उप्रेती देखिने भएका छन् । एभेलिनाको कुरा गर्नु पर्दा उनी टिकटक सेलिब्रेटी हुन् । ८ बर्षिया एभेलिनाको टिकटकमा १ लाख भन्दा बढी फलोअर्सहरु रहेका छन् । उनको भिडियोमा मिलियन लाईक्स आउने गरेको छ । नाँच्न एकदमै सिपालु छिन् एभेलिना ।
त्यस्तै अथर्व भने चर्चित नायक निखिल उप्रेती र नायिका संचिता लुँइटेलका छोरा हुन् । १० बर्षिय अथर्वलाई फिल्ममा खेलाउन गरिएको प्रस्ताव प्रति निखिल र संंचिता दुबै सकरात्मक देखिएको निर्देशक आचार्यले बताए । अन्य कलाकारको पनि चाँडै टुंगो लाग्ने उनले जानकारी दिए ।