एकिकृत समाजबादीले सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । फिर्ता हुनेमा संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले पनि परेका छन् । मन्त्री पदबाट फिर्ता आउनु अघि संचारकर्मी संग कुरा गर्दै आफू मन्त्री पदमा रहेर गरेको कार्य ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।एकीकृत समाजवादीले आलेसहित चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ ।
त्यसअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गरेका आलेले आफू सफल भएको दाबी गरेका छन् । कार्यकाल कति सफल भयो भनेर कसैले सोधे आफ्नो उत्तर ९० प्रतिशत हुने उनले बताए । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उनले भनेका छन्, मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’