नेपालले होइन, युवा राजनीतिलाई दूषित बनाउने 'बैगुनी केटो' भट्टराईले सन्यास लिनुपर्छ : पराजुली — OSNepal

नेपालले होइन, युवा राजनीतिलाई दूषित बनाउने ‘बैगुनी केटो’ भट्टराईले सन्यास लिनुपर्छ : पराजुली

LC (KTM) June 26, 2022 0

काठमाडौं १२ असार । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक सन्यास लिन
सझाव दिएपछि नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भट्टराईलाई नै सन्यास लिन सुझाव दिएका छन् ।

फेसबुकमार्फत पराजुलीले ‘युवा राजनीतिलाई दूषित बनाउने’ भट्टराले सन्न्यास लिनुपर्ने बताएका छन् । भट्टराईलाई ‘बैगुनी केटो’को उपमा उपयुक्त हुने बताएका उनले नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गर्न शकुनिको भूमिका खेल्नेहरूबाट धम्की ? भन्दै प्रश्न समेत दिएका छन् ।

नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी विभाजनको बिजारोपण गर्ने द्वन्द्वको जग बसाल्नेहरूले नै आज नेपालाई सन्यास लिन सुझाव दिँदा अलिकति पनि लाज लागेन भन्दै उनी भट्टराई माथि खनिएका छन् ।

उनले लेखेकान छन्, ‘नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गर्न शकुनिको भूमिका खेल्नेहरूबाट धम्की ? नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी विभाजनको बिजारोपण गर्ने द्वन्द्वको जग बसाल्नेहरूले आज यसरी बोल्न अलिकति पनि लाज लाग्दैन ? बैगुनी केटोको उपमा त्यसै प्राप्त भएको होइन रहेछ । …विभाजन र समूहबन्दीका नाइकेहरू माधव नेपालले होइन सन्न्यास लिने तपाईंले हो । युवा राजनीतिलाई दूषित बनाउनेले हो सन्न्यास लिने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर