काठमाडौ १२ असार । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक सन्यास लिन सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेपाललाई यस्तो सुझाव दिएका हुन् ।
नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकाले सन्यास लिएर बस्नु उपयुक्त हुने बताएका भट्टराईले मुख छोड्दै नहिँड्न भन्दै धेरै मुख आफूहरुले छाड्न सक्ने चेतावनी समेत दिएका छन् ।
नयाँ पुस्तालाई राजनीति र पार्टी मुलुक सुम्पिएर आनन्दले बस्ने बेलामा पार्टी बनाउँछु भन्दै हिंड्नु असम्भव कुरा हो,माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन ।’
भट्टराईले भने ।
शनिबार अध्यक्ष नेपालले एमाले गएका १० भाई केपी शर्मा ओलीको दास भएको भन्दै अभिव्यक्ति दिएपछि भट्टराईले नेपाललाई सन्यास लिन सुभाव दिएका हुन् ।