सिन्धुपाल्चोकमा आएको बाढीमा चिनियाँ र भारतीय नागरिकसहित १९ जना सम्पर्कविहिन — OSNepal

सिन्धुपाल्चोकमा आएको बाढीमा चिनियाँ र भारतीय नागरिकसहित १९ जना सम्पर्कविहिन

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । सिन्धुपाल्चोकमा आएको बाढीमा १९ जना सम्पर्कविहिन भएका छन् । मंगलबारबाट आएको अबिरल वर्षाका कारण आएको बाढीले भारतीय र चिनिया नागरिक सहित १९ जना सम्पर्क विहिन भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जसमा भारतीय तीन जना नागरिक कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाओ वासुमन्तरी रहेका छन् ।

चिनिँया नागरिकमा सुन यु चुवान, युचि झु र गोङ टियान छियो रहेकामा गोङ टियान छियोको भने शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ६ जना बाहेक बाँकी सबै नेपाली रहेको प्रहरीले जनाएको छ ।

जसमा सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले दिएको जानकारी अनुसार हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर