काठमाडौं १२ असार । शहरी विकास मन्त्री बिदाई कार्यक्रममा भावुक बनेकी छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीबाट मन्त्री बनेकी झाँक्रीसहित पार्टीले सरकारमा भएका सबै चार जना मन्त्रीलाई नै फिर्ता बोलाएको थियो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक बनेकी मन्त्री झाँक्री पत्रकारको पहिलो प्रश्नमै बर्बरी आँसु झारेकी छन् ।
पत्रकारले मन्त्रालयमा आफूले सोचेका कामहरु पूरा गर्न सकिनँ भनेर भावुक बन्नुभएको हो कि, आफनो पार्टीले अनाहकमा हटायो भनेर दुखी बन्नुभएको हो ?’ भनेर सोधिएको प्रश्नमा उनले बर्बरी आँशू झारेकी हुन् ।
उनले पत्रकारलाई बरु अलि रिस उठ्ने प्रश्न सोध्नुभयो भने अलिकति बोल्न सक्छु कि भनेकी छन् । आफु बोल्न नसक्ने अवस्थामा रहेको बताएकी छन् ।मन्त्रालयका कर्मचारीले भने ‘फेरि भेटौंला’ झाँक्रीको विदाइ गरेका थिए ।