काठमाडौं १२ असार । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकार छोडेकी छन् ।
आइतबार मन्त्रालयले राखेको बिदाई कार्यक्रममा मन्त्री झाँक्री भावुक बनेकी छन् । उनको ८ महिना २० दिन दिनको कार्यकाल भएको कामको विवरण
सहसचिवले सुनाउँदै गर्दा उनको आँखामा आँशु भरिएको छ ।
नेकपा एकीकृत समाजवादीले पार्टीले सरकारका सहभागी सबै चारै जनालाई फिर्ता बोलाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नु अगावै मन्त्रालयले बिदाई कार्यक्रम राखेको हो ।