काठमाडौं १२ असार । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेसँग चुनावी गठवन्धनको विषयमा छलफल भइरहेको बताएका छन् ।
आइतबार लोक दलसँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमालेसँगै कांग्रेस सँग पनि गठवन्धनको विषयमा कुराकानी भएपनि निणर्य भने नगरिएको बताएका हुन् ।
‘एमालेसँग कुराकानी भइरहेको छ । म आफैंले दुई पटक भेटेको छु, अरु नेताहरुले पनि कुराकानी गर्नु भएको छ । तर निर्णय भइसकेको छैन ।’कार्यक्रममा उनले भने ।
गएको स्थानीय तह निर्वाचनमा पनि एमाले र लोसपाले गठवन्धन गरेका थिए ।