काठमाडौं १२ असार । काठमाडौं उपत्यकामा १२ जनामा हैजाको पुष्टि भएको छ । उपत्यकाको बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजाको विरामी भेटिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास दिएको जानकारी अनु सार १२ जनामा है जा पुष्टि भइसकेको र हैजा आशंका परिक्षण गरिएको एक जनाको कल्चर रिर्पोट आउन बाँकी रहेको बताएका छन् ।