काठमाडौं १२ असार । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज आइतबार सरकार छाड्ने भएकी छन् ।
एकीकृत समाजवादीबाट मन्त्री भएकी उनलाई पार्टीले फिर्ता बोलाएको हो । मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफुले मन्त्रालयको छाडेको बताउने भएकी हुन् ।
साथै, आजै विदाई कार्यक्रम समेत रहेको निकट स्रोतले जनाएको छ । उनले आइतबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकार छाड्ने जानकारी दिएकी हुन् ।