काठमाडौं १२ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले पर्यटनमन्त्री प्रेम आलेलाई विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन भनेपछि राष्ट्रिय सभाकी सदस्य विमला राईले आपत्ति जनाएकी छन् ।
अध्यक्ष तिम्सिनाले मन्त्री आलेलाई जवाफ दिन समय उपलब्ध गराएपछि आपत्ति जनाएकी हुन् । उनले आपप्ती जनाएपछि अध्यक्ष तिमिल्सेनाले माननीय विमला राई, के भन्न खोज्नुभएको भन्दै प्रश्न सोधे ।
त्यसपछि राईले भनिन्,’सम्माननीय अध्यक्षज्यू, पर्यटमन्त्री जो बोल्न लागिरहनुभएको छ संसद्मा, उहाँले बोलेको असाध्यै अभद्र र कसैले पनि सुन्न नसक्ने अपाच्य अडियो सार्वजनिक भएको छ । त्यो हामी धेरैले सुन्न सक्ने अवस्था पनि छैन सामाजिक सञ्जालमा । त्यो अडिओले सबैको ध्यानाकर्षण गरेको छ ।सबैले प्रश्न उठाइराखेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले यसरी बोल्न मिल्छ कि मिल्दैन ?’
‘उहाँले जुन किसिमको गालीगलौज गर्नुभएको छ, त्यो सर्वसाधारण मानिसले समेत गर्न सक्दैनन् । सार्वजनिक व्यक्तिले गरेको यो गाली सुन्दा क्षम्य नै नहुने खालको काम गरेको मलाई महसुस भएको छ । हुन त यस्तै खालका कुरा यसअघि नभएका पनि होइनन् । सुशील कोइराला मन्त्री हुँदा एक जना मन्त्रीले एक महिलासँग हिलो छ्यापाछ्याप गरेर खेल्दा असार १५ मा यसरी नै विरोध भएका थियो । तत्कालीन प्रधानमन्त्रीले नै उनलाई राजीनामा दिन लगाउनुभएको थियो । मन्त्री आफैले पनि सार्वजनिक रूपमा माफी माग्नुभएको थियो र राजीनामासमेत दिनुभएको थियो । त्यसै गरी पछि फेरी कानूनमन्त्रीले विदेश जाने महिलाको बारेमा बोलेका टिप्पणीले गर्दा उहाँले सार्वजनिक रूपमा माफी माग्नुभएको थियो । त्यसपछि उहाँ सम्बद्ध पार्टीले पनि उहाँलाई कारबाही गरेर निकालेको थियो ।’

‘यो अभद्रता सैह्य हुँदैन । आज यो संसद्मा मन्त्रीज्यूले जवाफ दिनुभन्दा पहिले सार्वजनिक रूपमा उहाँले माफी माग्नुपर्छ धन्यवाद ।’ यति भनिसक्दा अधिकांश सांसदले टेबुल ठटाएका थिए । मन्त्री आले भने टुलुटुलु सांसद राईले बोलेको सुनिरहेका थिए ।
त्यसपछि अध्यक्ष तिमल्सिनाले मन्त्री आलेलाई जवाफ दिन समय उपलब्भ छ भनेपछि आलेले सांसद राईको प्रश्नको जवाफ नलिई सिधै विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन सुर गरे ।