काठमाडौं १२ असार । उद्योगपति तथा नेपाली कांग्रेसका विनोद चौधरीले आगामी संघीय निर्वाचनमा नवलपुर –२ बाट उम्मेदवारी दिने भएका छन् ।
नवलपुर १मा मतदाता रहेका उनीले १ मा आफ्ना लागि सहज नहुने देखेपनि क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने भएका हुन् । नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै छन् ।
समानुपातिक सांसद हुँदै आएका चौधरी यस पटक प्रत्यक्ष उम्मेदवारी दिने इच्छा देखाएका छन् । आफ्नो बान्की निवन राजनीति नै हो भनेका उनले कांग्रेसमै रहेर राजनीति गर्ने बताएका छन् ।
‘नवलपुर–२ मा कांग्रेस हार्दै आएको ठाउँ हो । त्यो क्षेत्र पनि मेरा लागि उपयुक्त नै हुन्छ’ सक्रिय राजनीति गर्नकै लागि वडा वडामा पुगेको छु ।’ उनले भनेका छन् ।
१४ औं महाधिवेशनमा चौधरी मधेसी कोटबाट केन्द्रीय सदस्य बनेका छन् ।