काठमाडौं १२ असार । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको प्रश्न गरेपछि बैठक स्थगित गरिएको हो ।
कुल सदस्य संख्याको एक चौथाइ सदस्य अर्थात ६९ जना अनिवार्य उपस्थित हुनुपर्ने संसद नियमावलीको व्यवस्था भएकाले रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।
सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएकाले सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित ग हुन् ।