काठमाडौं १२ असार । नेकपा एमालेको अवरोध पछि बागमती प्रदेश सभा बैठक स्थगित भएको छ ।
आफ्ना माग सम्बोधन नभए सम्म नभएपछि बैठक चल्न नदिने भन्दै कपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौला बताएका छन् ।
बैठक चल्न नदिने भनेपछि बैठक भोली सोमबार ११ बजेसम्मका लागि स्थगित भएको सभामुखले जानकारी दिएका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरूलाई नसमेटिएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
साथै, बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई मात्र प्राथमिकता दिएको आरोप समेत एमालेले लगाएको छ ।