काठमाडौं १२ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले असंभव एजेण्डा बोकेर जनता,कार्यकर्ता र स्वयं राजालाई पनि धोका दिन नचाहेको बताएका छन् ।
आइतबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना भएपनि अहिले सो मुद्दा छाडेको स्पष्ट पारेका हुन् ।
राजसंस्थाको एजेण्डा बोकी रहँदा हिन्दुराष्ट्र कहिल्यै पुनःस्थापना नहुने बताएका उनले
मुलुकको आर्थिक सामाजिक विकासको एजेण्डा पनि पुरागर्न नसकिने भएकाले आफुले राजसंस्था छाडेको बताएका छन् ।
पार्टीको सिद्धान्त र विचारलाई समय काल र परिस्थितिअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका उनले भने ,‘देश र जनताको भावनाको सम्मान गर्दै राजसंस्थाको एजेण्डा छोड्ने निर्णय गरेका हौं’ राजसंस्थाको एजेण्डा बोकी रहँदा हिन्दु राष्ट्र कहिल्यै पुनःस्थापना नहुने, पार्टी देशको अग्रणी स्थानमा नहुने, मुलुकको आर्थिक सामाजिक विकासको एजेण्डा पनि पुरा गर्न नसकिने भएकाले हामीले एजेण्डा छाडेका हौं ।’
आफुले हिन्दु राष्ट्र स्थापना गराउन नसेको भन्दै उनले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता अपरिवर्तनीय पनि नभएको बताएका छन् ।
‘जनताको अभिमतबाट परिवर्तन गराउन सकिन्छ भन्ने अधिकार हामीले स्थापित गरेका छौं,त्यही अधिकारका कारणले गर्दा आज राजसंस्थाको पक्षमा, हिन्दु राष्ट्रको पक्षमा र संघीयताको विरुद्धमा आवाज उठाउन पाउने अधिकार हामीले प्राप्त गरेका छौंँ ।’ थापाले भने ।