आफ्नै साथीलाई खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गर्ने लिम्बु पक्राउ — OSNepal

आफ्नै साथीलाई खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गर्ने लिम्बु पक्राउ

LC (KTM) June 17, 2021 0

झापा ३ असार । आपसी झगडा हुँदा आफ्नै साथीको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेचीनगर नगरपालिका–५ अँधेरी ५६ वर्षीय शुक्रराज लिम्बु रहेका छन् । लिम्बुले सोही स्थानमा बस्ने आफ्नै ४० वर्षीय साथी भीमराज लिम्बूको हत्या गरेका थिए ।

लिम्बुले खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले भीमराजको घाँटी बाँधेर हत्या गरेको प्रहरी सामु स्विकार गरेका छन् । भीमराजको शव मुखबाट रगत बगिरहेको अवस्थामा स्थानीय इटाभट्टा छेउमा स्थानीयवासीले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

अहिले हत्यारा लिम्बूमाथि आवश्यक कारवाही भइरहेको छ भने शव परिक्षणको लागि मची अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर