ललितपुर १२ असार । ललितपुर महानगरपालिकाले आजदेखि बाटोमा ढेलागाडामा पानी पुरी बेच्न रोक लगाएको छ ।
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै हानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो । आजबाट नगर प्रहरीले माइकिङ गरेर जानकारी दिएको छ ।
महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भन्दै जानकारी गराइएको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताएका छन् ।