काठमाडौं १२ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी महिला नेतृप्रति गुनासो पोखेका छन् ।
पार्टीनिकट महिला संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेपालले महिला हिंसाका चर्चित मुद्दाहरूमा आफ्नो पार्टीको महिला संगठनले सक्रियता देखाउन नसकेको प्रति गुनासो गरेका हुन् ।
‘यत्रो महिला हिंसाको इस्यूमा तपाईँहरू सडकमा कतै देखिनुभएन । तपाईँहरू व्यानर लिएर सडकमा उत्रिनुपर्थ्यो । मन्त्रीकहाँ डेलिगेसन जानुपर्थ्यो । पत्रकार सम्मेलन गर्नुपर्थ्यो । मण्डला र रत्नपार्कमा जुलुस निकाल्नुपर्थ्यो । तर, तपाईँहरूले केही गर्नुभएन ।’नेपालले भने ।
कोही महिलामाथि हिंसा हुँदा आफूमाथि भएको सम्झेर विरोध गर्नुपर्ने बताएका उनले न्यायको आवाज उठाउनुपर्ने बताएका छन् ।