काठमाडौं १२ असार । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको भन्दै पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको बताएका उनले यो विधेयक सदनबाट पास गर्नुपर्ने बताएका छन् ।
‘दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ । यही सदनबाट पास गर्नुपर्छ । आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ,’प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो । संसद्लाई जीवन्त बनाउने संकल्प हामीले लिएका छौँ ।’उनले भने ।
गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको स्पष्ट पारेका उनले कानुन निर्माण गर्ने मात्र होइन, गुणस्तरीय कानुन बनाउनु पनि आफ्नो लायित्व भएको बताएका छन् ।
‘हाम्रो कुनै स्वार्थ छैन, मात्र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने हो ।’ उनले अघि थपे ।