तीनजना सवार मोटरसाइकल दु र्घटना हुँदा २७ वर्षीय रमेशको मृत्यु, दुई जना गम्भीर घाइते — OSNepal

तीनजना सवार मोटरसाइकल दु र्घटना हुँदा २७ वर्षीय रमेशको मृत्यु, दुई जना गम्भीर घाइते

LC (KTM) June 17, 2021 0

भक्तपुर-भक्तपुरको मध्यपुर थिमिमा बुधबार राती तीनजना सवार मोटरसाइकल दुर्घ टना हुँदा चालकको मृ त्यु भएको छ। मृत्यु हुनेमा सोलुखुम्बु चौलाखर्क ३ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेत रहेका छन् । बस्नेतको उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका उदयपुरको ताप्ले गाउँपालिका (५ घर भएका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटन गाउँपालिका- ५ घर भएका २५ वर्षीय अमित जैरु घाइते भएका छन्।

उनीहरु दुवैको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पालमा उपचार भइरहेको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ७७ प ५६०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक बीचमा रहेको आइल्याण्डमा ठो क्किदा दुर्घ टना भएको थियो । नागरिकमा प्रारम्भिक उपचारपछि तीनैजनलाई त्रिवि शिक्षण अस्पाल रिफर गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर